राजधानीका २० हलमा बक्स अफिस लागु

राजधानीका २० वटा हलहरुमा ई टिकेटिङ सिस्टम, बक्स अफिस प्रणाली लागु भएको छ । साउन १ गते मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स सहित २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागु भएको हो ।


चलचित्र विकास वोर्ड, चावाहिल कार्यालयमा बक्स अफिसको औपचारिक उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले यही मसान्त भित्रिमा राजधानी बाहिरका हलहरुमा समेत बक्स अफिस प्रणाली लागु भैसक्ने बताए । ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए’, मन्त्री बाँस्कोटाले भने, ‘सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’

यस्तै मन्त्री बाँस्कोटाले हलहरुको वर्गीकरण हुने पनि बताए । ‘सबै हलहरुमा बक्स अफिस लाग्छ । छाप्रोमा लगाएर त भएन ? त्यसैले हलहरुको वर्गीकरण पनि हुनेछ’, मन्त्रीले भने । यस्तै विदेशी उत्पादनको विज्ञापनमा नेपाली कलाकार राखिने प्रावधान पनि छिट्टै ल्याइने सोही कार्यक्रममा मन्त्रीले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha