२ दिनमा ‘धनपति’ को कमाइ यति

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘धनपति’ ले दुई दिनमा एक करोड २० लाखको कुल व्यापार गर्न सफल भएको छ । शनिबार मात्रै फिल्मको व्यापार ७० लाख हुन आएको निर्देशक तथा निर्माता दिपेन्द्र के.खनालले बताए ।

‘आइतबार पनि सत्तरी प्रतिशत अकुपेन्सी कायम छ’, निर्माता तथा निर्देशक खनालले भने, ‘हिसाब चाहिं आउँन बाँकी छ ।’ तीन दिनमा फिल्मले करिब डेढ करोडको व्यापार गर्ने आँकलन निर्माण पक्षको छ । देशका करिब ५५ हलमा प्रदर्शन भैरहेको ‘धनपति’ लाई केही भागमा पानीले असर गरिरहेको छ । फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त र सुरक्षा पन्त मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha