मायाका कुरा गर्दै ‘चि मुसी चि’ जोडी (भिडियो)

फिल्म ’चि मुसी चि’को नयाँ गीत रिलीज भएको छ । ’आउ आज मायाको’ बोलको गीतमा अल्मोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा संगीत छ । भिडियो हेर्नुस् :

गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ’हेड’ परेपनि ’टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् । फिल्म ‘चि मुसी चि’ यही साउन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसै फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली फिल्ममा जमिरहन ’चि मुसी चि’ले मद्दत गर्ने उनीहरुको विश्वास छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha