‘सुश्री सम्पति’ मा सलोन, सारा र विनोदको रोयल लुक्स

फिल्म ’सुश्री सम्पति’ मा समावेश ’हुकुम’ बोलको गीत खिचिएको छ । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यसगीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् ।

गीतलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भईरहेको छ ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति चाहिं भदौ २२ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha