मञ्जुको गीतमा नीता र दीपेन्द्रको ‘छम्म छम्म’ (भिडियो)

सन्तु थापासँगको सहकार्यमा गायिका मञ्जु पौडेलले तीज गीत ल्याएकी छन् । मञ्जु र सन्तुको स्वर रहेको ‘छम्म छम्म’ बोलको गीतमा नायिका नीता ढुंगाना र सञ्चारकर्मी दीपेन्द्र घिमिरेले कम्मर मर्काएका छन् । भिडियो हेर्नुस् :

पवित्रा सर्तुंगे मगरको संगीत रहेको गीतमा शिव हमालको शब्द छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन छ । डान्सिंग नम्वरको आफ्नो गीतलाई दर्शक तथा श्रोताले रुचाउने गायिका पौडेलको विश्वास छ । तिज नजिकिएसँगै बजारमा तीत गीतहरु सार्वजनिक भैरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha