किन भए ‘लाउरे’ बाट निर्देशक निगम श्रेष्ठ आउट ?

सत्तरी प्रतिशत सुटिङ बाँकी हुँदा फिल्म ‘लाउरे’ बाट निर्देशक निगम श्रेष्ठ आउट भएका छन् । प्राविधिक तथा कलाकारसँग असमझदारी भएपछि फिल्म निर्माण कम्पनी दुर्गिश ब्यानर निर्देशक श्रेष्ठलाई हटाउन बाध्य भएको हो । लाउरे लाई अब स्क्रिप्ट राइटर विक्रम सिंहले गर्नेछन् । विक्रम फिल्मका कलाकार समेत हुन् ।

निर्देशक श्रेष्ठ र ‘लाउरे’ टिमबिच कुन कुरामा विवाद पर्यो भन्ने विषयमा दुवै पक्ष गुपचुप छन् । कम्पनी प्रमुख दुर्गिश थापाले यस विषयमा केही पनि नबोल्ने बताउँदा निर्देशक श्रेष्ठ पनि सम्पर्कमा छैनन् । उनको मोबाइल अफ छ । तर, बुझिए अनुसार टिमको सदस्यलाई निर्देशक श्रेष्ठले गलत व्यावहार गरेपछि उनी फिल्मबाट निकालिएका हुन् । निर्देशकको विवादले रोकिएको फिल्म यसै सातादेखि धरानबाट सुरु हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha