‘पण्डित बाजेको लौरी’ लाई प्रिमियरमा प्रशंसा (भिडियो)

फिल्म ‘पण्डित बाजेको लौरी’ले प्रिमियर शोमा प्रशंसा पाएको छ । बुधबार साँझ चावाहिलस्थित केएल टावरमा गरिएको प्रिमियरमा उपस्थित सबैले फिल्मको प्रशंसा गरेका हुन् । फिल्मको कथा, निर्देशन र कलाकारको प्रस्तुती उत्कृष्ट रहेको प्रिमियरमा सहभागीको प्रतिक्रिया रह्यो । भिडियो हेर्नुस :

दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’ मा बादी प्रथा र पण्डितत्याँईं परम्परा दुवैलाई मिश्रण गरेर प्रस्तुत गरिएको छ । फिल्ममा बादी महिलाको भूमिकामा नायिका सन्ध्या केसी र उनका पति अर्थात् बादीको भूमिकामा कलाकार विजय बराल प्रस्तुत भएका छन् ।

यस्तै पण्डित बाजेको मुख्य भूमिकामा प्रविण खतिवडा प्रस्तुत भएका छन् । नायिका मरिस्का पोखरेल पण्डितकी प्रेमिकाको भूमिकामा छिन् । यी सँगै फिल्ममा भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायतको अभिनय छ । यी सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको ‘पण्डित बाजेको लौरी’ लाई विदुर पाण्डेले खिचेका हुन् भने संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले भरेका छन् । सम्पादन मित्र डि गुरुंगको छ । प्रिमियर शोमा प्रतिनिधि सभा सदस्य शान्ता चौधरी लगायत थुप्रै फिल्मकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha