‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत रिलिज

रिलिजको डेढ साता साता बाँकी हुँदा फिल्म ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै लागि हो’ बोलको गीतको भिडियो निकै सुन्दर छ । भिडियोमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित रोमियो एण्ड मुनामा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् । यो गीतलाई दर्शकले रुचाउने निर्माण टिमको विश्वास छ ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । ‘रोमियो एण्ड मुना’ म्युजिकल लभ स्टोरी फिल्म हो । फिल्म साउन ११ गतेदेखि देशभर रिलिज हुँदैछ । विनय र सृष्टिसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha