अनुप र बर्षा एक अर्काको भर पर्दै (जय शम्भू गीत)

भदौ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जय शम्भू’मा समावेश रोमान्टिक गीत रिलिज गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको गीतमा अञ्जु पन्तको फिमेल भोकल छ । शब्द अमृता नेपालले लेखकी छन् । अनुपविक्रम शाही र बर्षा सिवाकोटी फिचरिंग गीतको भिडियो यस्तो बनेको छ :

सेट र विभिन्न सुन्दर दृश्यमा छायाँकन गरिएको कोरियोग्राफी गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीत अनुसार फिल्ममा अनुप र बर्षा प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् भन्ने अनुमान लगाउन सकिन्छ । बिहिबार गरिएको प्रेसमिटमा फिल्म एक्सन लभ स्टोरी रहेको बताइयो । फिल्ममा अभिनेता अनुप र बर्षासँगै प्रशान्त ताम्रकारको पनि मुख्य भूमिका रहेको छ ।

रुपेश तामांग निर्देशित फिल्म जय शम्भू लाई चक्र तामांगले निर्माण गरेका हुन् भने शिक्षा काफ्ले र कुशल शर्मा सह निर्माताको रुपमा प्रस्तुत भएका छन् । फिल्मको हालसम्म पोस्टर, टिजर र पछिल्लो यो गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha