‘भैरे’ टिम रिलिजको एक दिन अगाडी भेला भयो

‘भैरे’ प्रदर्शनको एक दिन अगाडी सबै टिम जम्मा भएर प्रेसमिट गरेका छन् । बिहिबार गरिएको प्रेसमिटमा अभिनेता दयाहाङ राई, नायिका बर्षा सिवाकोटी, सुरक्षा पन्त, जान्वी बोहोरा, नायक विक्रान्त बस्नेत, निर्देशक एभ्रेट सूर्य बोहोरा, कलाकार बुद्धि तामाङ, बाल कलाकार अनुभव रेग्मी लगायत उपस्थित थिए ।

प्रेसमिटमा अभिनेता राईले ‘भैरे’ फिल्मले देशको कथा बोल्ने बताए । यो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म आफ्नो टाइपको भएको समेत दयाले खुलाए । ‘भैरेले नेपाली परिवेशको कथा बोल्छ’, दयाले भने । यता कथावस्तु मन परेकाले ‘भैरे’ खेलेको खुलाउने नायिका सिवाकोटीले फिल्म छायाँकन गर्दा निकै दुःख पाएको समेत खुलाइन् ।

यता अर्की नायिका सुरक्षा पन्तले ‘भैरे’को कथा निकै शक्तिवान भएको बताइन् । नायिका बोहोराले भने दर्शकका लागि भैरे फिल्म सप्राइज रहेको दाबी गरिन् । देशमै बसेर केही गर्न सकिने सन्देश फिल्मले दिने निर्देशक सूर्य बोहोरा एभ्रेष्टले बताए ।

बुद्धि र सुरक्षासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha