‘झमकबहादुर’ को अडियो जुकबक्स सुन्नुस्

साउन १८ गते देखी प्रर्दशन हुन लागेको फिल्म झमकबहादुर को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । जुकबक्समा टाइटल सहित, मृग नयनी तिम्रो आखाँ र कुनै बेला निकै चर्चा बटुुलेको आम्मैले भन्थे धाराको पानी बोलका गित समावेश छन् । अडियो जुकबक्स सुन्नुस् : 

‘आम्मैले भन्थे धाराको पानी’ गितमा शब्द र संगीत कुसुम गज्मेरको रहेको छ । यो गीतलाई झमकबहादुर मा रिमिक्स गरेर समावेश गरिएको हो । फिल्ममा ओम सुनारले संगीत भरेका छन् । फिल्ममा अभिनय चाहिं अनुप बिक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका निभाएका छन् ।

पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किरात राईको द्धन्द्ध निर्देशन छ । फिल्मका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी ढल्लाकोटी हुन् । फिल्मको निर्देशन भने भोमन कटुवालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha