‘ब्ल्याक’ गीत : आँचलको लागि आकाशको मुटु तड्पियो

आकाश श्रेष्ठ र आँचल शर्मा अभिनित फिल्म ‘ब्ल्याक’ को रोमान्टिक रिलिज गरिएको छ । ‘तिम्रो लागि’ बोलको गीतमा आकाश र आँचल रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

महेश खड्काको संगीत रहेको गीतमा डा.कृष्णहरी बारालको शब्द छ । स्वर अञ्जु पन्त र दीपक लिम्बुले स्वर दिएका छन् भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेको छ । सम्पादन अर्जुन जिसीले गरेका हुन् । प्रदीप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक लाई आश्मा पाण्डेले निर्माण गरेकी हुनु ।

फिल्म ब्ल्याक को लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय छ । भदौ १ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha