युवा ज्योतिष अधिकारी ‘शुभ लभ’ बाट नायक बने

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयले फिल्म ‘शुभ लभ’ निर्माण गर्ने घोषणा गरेका छन् । यही फिल्मबाट युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेव्यु गरेका छन् ।

फरक प्रेम कथा भनिएको फिल्म ‘शुभ लभ’ मा हरिहरको अपोजिटमा मिस टिन २०१७ कृष्टिना पौडेल प्रस्तुत हुनेछिन् । सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ । साथमा डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने शुक्रबार गरिएको प्रेसमिटमा जानकारी गराइयो ।

भदौ १५ गतेदेखि छायाँकन सुरु हुने ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने प्रदीप कुमारले खुलाए । ‘छायाँकन सकेर दुई महिना प्रचार गरी फिल्म प्रदर्शन गर्छौं’, उदयले भने । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha