सेलिब्रेटी सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने

मार्केटीङ्ग गुरुको सक्रियतामा नेपालमा सेलिब्रेटी सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा नेपालसँगै भारतीय सुपरस्टारहरुले त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेल्ने छन ।

दुई देशका चर्चित सुपरस्टारहरुको उपस्थिती रहने सो क्रिकेट प्रतियोगिता पूर्ण मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ । भारतीय सुपरस्टारहरु संजय दत्त, सुनिल सेट्टी, विङ्कटेस दग्गुबाटी, राम चरण, अल्लु अर्जुन, चियान बिक्रम, सोनु सुद, गोबिन्दा अहुजा, सुश्मिता सेन, शिल्पा सेट्टी, राजपाल यादव, सोहिल खान, सुनिल ग्रोवर लगायत फाइनल भाईसकेका छन । प्रतियोगिताको पूर्ण जानकारी भने अझै आएको छैन । नेपाली र भारतीय गरी ३६ जना सुपरस्टारहरुको उपस्थिती रहेने भनिए पनि हालसम्म १६ जनाको मात्र नाम बाहिरिएको छ भने बाँकी २० जनाको नाम तय हुन बाँकी रहेको बताइन्छ ।

मार्केटिङ्ग गुरुको सकृयतामा हुने उक्त क्रिकेट प्रतियोगितामा सगरमाथा टेलिभिजनको समेत संलग्नता रहने बुझिएको छ । अक्टोबर महिनामा हुने उक्त प्रतियोगीतामा कुल ३ टिम रहनेछन् भने नेपाली र भारतीय गरि ३६ जना फिल्म स्टार्सहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन । प्रतियोगिताका लागी नेपालबाट हालसम्म महानायक राजेश हमाल, अभिनेता प्रशान्त ताम्राकार र किरण केसी गरी तिन जनाको नाम फाइनल भैसकेको छ भने अन्य चयन हुन बाँकी रहेको बुझिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha