‘भैरे’ ओपनिङ : एकलमा सुखद, मल्टिप्लेक्समा सुख्खा !

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म भैरेले देशका एकल पर्दामा सुखद व्यापार गरेको रिपोर्ट । दयाहाङ राई स्टारर फिल्म हेर्न शनिबार एकल पर्दामा दर्शकको चाप राम्रै देखियो । गुण, गोपी लगायत केही हलहरुमा शो शाउसफूल समेत रह्यो ।

एकल पर्दामा सुखद रहंदा मल्टिप्लेक्समा भने भैरे को व्यापार सुख्खा रह्यो । कम शो पाएको फिल्मले मल्टिप्लेक्समा दर्शक साथ राम्रो पाएन । बरु दोश्रो सातामा चलिरहेको बोबीमा दर्शकको उपस्थिति राम्रो देखियो । यसअर्थ मल्टिप्लेक्समा भैरेको सुरुवाती व्यापार सुख्खा जस्तै रह्यो । सुरक्षा र बुद्धिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शनिबार भैरे टिम चावाहिलको गोपिकृष्ण हल पुगेको थियो । एकल पर्दामा दर्शकले साथ दिएको भन्दै टिम खुसी देखियो । निर्देशक एभ्रेष्ट सूर्य बोहोराले राजनीतिले गर्दा मल्टिप्लेक्समा आफ्नो फिल्मले शो कम पाएको दाबी गरे । क्युएफएक्सको मल्टिप्लेक्सले भैरेलाई जम्मा दुई शो दिएको थियो ।

भैरेमा दयासँगै बर्षा सिवाकोटी, बुद्धि तामांग, बिक्रान्त बस्नेत, सुरक्षा पन्त, अनुभव रेग्मी लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha