‘कथा कठमाण्डु’को गीतमा प्रियंका र प्रमोदको अन्तरंग दृष्य, भिडियो

फिल्म ‘कथा काठमण्डु’को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘रातको कुरा’ बोलको गीत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतको भिडियोमा फिल्मका मूख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरी फिचरिङ छन्। भिडियोमा उनीहरु निकै खुलेको देख्न सकिन्छ। प्रियंकाको हट अवतार तथा उनीहरु बिचको इन्टिमेट सिन समावेश गीतको भिडियो यस्तो बनेको छ: 

सार्वजनिक उक्त गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको छ भने गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन्।

असोज १२ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई सञ्चारकर्मी समेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ। विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha