चाम्सको नयाँ फिल्ममा शिल्पा, चाहियो नायक र नायिका

निर्देशक तथा निर्माता मिलन चाम्सले नयाँ फिल्म निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । वर्किङ्ग टाइटल रहेको लिलिबिली मा शिल्पा मास्के मुख्य हिरोइनको रुपमा पक्का भएकी छिन् । शिल्पाले हलिउड फिल्म डक्टर स्ट्रेन्जमा खेलिसकेकी छिन् ।

शिल्पासँगै लभ स्टोरी फिल्ममा एक नायक र एक नायिकाको मुख्य भूमिका रहनेछ । जसको खोजी कार्य भैरहेको निर्माता तथा निर्देशक चाम्सले बताए । हामी एक नायक र नायिकाको खोजीमा छौं, ईच्छुकले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ । चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली सम्पूर्णको छायाँकन लण्डन र स्कटल्याण्डमा हुनेछ । चाम्स अहिले बोबीको छायाँकनमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha