नेपालमा जि सिने अवार्ड, सुरु भयो बिरोध !

बलिउडको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने घोषणा भए लगत्तै विवाद सुरु भएको छ । बलिउडमा निकै प्रतिष्ठा बोेकेको यस अवार्डमा नेपाली फिल्मलाई समेत समावेश गराइने भएपछि विवादका स्वरहरु निस्किएका हुन् ।

नेपाल चलचित्र संघका अध्यक्ष तथा डि सिने अवार्डका निर्देशक प्रदीप कुमार उदयले जि सिने अवार्ड नेपालमा आयोजना हुने भएपछि प्रश्न गर्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । ‘के भारतको जि सिने अवार्डले नेपाली चलचित्र क्षेत्रलाई फाईदा गर्छ ? जि सिने अवार्डमा नेपाली चलचित्रको “पनि” विधा राख्दा नेपाली चलचित्र क्षेत्रको अवस्था के रहन्छ ? सुझाव पाउ मित्रहरू…’उदयले लेखेका छन् ।

यस्तै निर्देशक कुमार भट्टराई फेसबुकमै लेख्छन्, ‘धेरै नेपाली चलचित्र र टेलिचलचित्रमा ब्राह्मण र पण्डितहरुलाई कथाको हाँस्यपात्र बनाउने, हल्का रूपमा अपमानजनक ढंगले प्रस्तुत गर्ने गरिएको छ । यो कार्यको सर्वत्र बिरोध हुनुपर्छ ।’

नेपालमा जि सिने अवार्ड आयोजना गर्न निर्देशक दीनेश डिसीको संयोजकत्वमा जी टेलिभिजनको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो । बिरोधका बिच के नेपालमा होला त जि सिने अवार्ड ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha