प्रमोद र प्रियंकाको अन्तरंगलाई दर्शकको गाली !

नायिका प्रियंका कार्कीले पछिल्लो एक फिल्ममा दिएका अन्तरंग दृश्यका कारण दर्शकबाट गाली खाएकी छिन् । फिल्म ‘कथा काठमाण्डू’मा प्रियंकाले दिएको दृश्य हेरेपछि दर्शकले गालीको बर्षा दिएका छन् ।

सञ्चारकर्मी समेत रहेकी संगीत श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाण्डू’मा प्रियंकाले कलाकार प्रमोद अग्रहरीसँग निकै बोल्ड सिन दिएकी छन् । गीतको भिडियोमा प्रियंका र प्रमोदको किस तथा वेड सिन देख्न सकिन्छ । दुई कलाकारबिचको यही दृश्यलाई लिएर दर्शकले अपशब्द प्रयोग गर्दै भिडियोमा कमेन्ट गरेका हुन् । कतिले चाहिं भर्खरै इन्गेजमेन्ट गरेका प्रियंकाका प्रेमी आयुष्मान देशराज जोशीलाई जोडेर पनि गाली गरेका छन् । गीत हेर्नुस : 

उसो त विभिन्न स्क्याण्डलका कारण प्रियंका बेला बेलामा दर्शकको आँखामा तारो बन्दै आइरहेकी छिन् । यसपाली भने उनी फिल्ममा दिएका हट दृश्यका कारण प्रियंकाले गाली खानु पर्यो ।

‘कथा काठमाण्डू’ छायाँकनकै क्रममा प्रियंका र आयुष्मानको प्रेम बसेको थियो । इन्गेजमेन्ट गरेका उनीहरु छिट्टै बिहे गर्ने सुरुमा छन् । प्रियंका भने यतिबेला अमेरिकामा छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha