‘रामकहानी’ का राम र सीता (फोटो फिचर)

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘रामकहानी’को पोस्टर सुट गरिएको छ । शनिबार जम्बो कलाकारको टोलीले पोस्टरका लागि फोटो सुट गरेका हुन् । भिडियो हेर्नुस :

पोस्टरको लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा र राजाराम पौडेलले सुट गराएका हुन् । पोस्टरमा आकाश र पूजालाई राम र सिताको रुपमा देख्न सकिनेछ भने अन्य कलाकारहरुलाई विभिन्न अवतारमा देख्न सकिनेछ । पोस्टर फोटोशूट श्रीधर पौडेलले गरेका हुन् ।

भदौ २२ गतेदेखि प्रदर्शनमा आउने रामकहानीको हालसम्म एउटा मात्रै गीत सार्वजनिक गरिएको छ । ट्रेलर साउनको दोश्रो सातामा रिलिज गरिंदैछ । लभ स्टोरी फिल्मका अब्बल निर्देशक थापाले यसपटक चर्चित हाँस्यव्यांग्य कलाकारलाई लिएर रामकहानी बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha