दर्शक तान्दै रियल जोडी, ‘नसोचेको भयो’ : निर्देशक

रियल जोडीको कथामा बनेको फिल्म ‘बोबी’ ले फिल्म हलमा असोचनिय रुपमा दर्शक तान्न सफल भएको छ । प्रदर्शनको दोश्रो सातामा आइपुग्दासम्म देशका मुख्य शहरमा ‘बोबी’ हेर्ने दर्शकको चाप उच्च भएको रिपोर्ट छ ।

निर्देशक तथा निर्माता मिलन चाम्सका अनुसार राजधानी सहित चितवन, पोखरा, धरान, इटहरी र दमकमा ‘बोबी’लाई दर्शकको राम्रो साथ मिलिरहेको छ । ‘यो त नसोचेकै भयो’, चाम्स भन्छन्, , ‘दर्शकलाई कथा नै राम्रो हुनु पर्ने रहेछ भन्ने बोबीले देखाएको छ ।’

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ । पहिलो पटक पर्दामा देखिएका उनीहरुको अभिनयलाई दर्शकले मन पराएका छन् । नर्वे बस्दै आएका उमेश र कविताका एक छोरा छन्, जसलाई बोबीमा पनि देख्न सकिन्छ । उमेश र कवितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस्  : 

डेढ करोड लगानीमा बनेको ‘बोबी’ ले नेपालबाटै लगानी सुरक्षित गर्ने आशा निर्माता तथा निर्देशक चाम्सले राखेका छन् । उसो त रियल लभ स्टोरीको राइट्स विभिन्न देशमा खरिद भैसकेको छ । फ्रान्स, युके, सिंगापुर, युएसए, हङकङ लगायत देशमा फिल्म बिक्रि भैसकेको मिलनले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha