कान्तिपुर फिल्म एकेडेमीले ६ शहरमा वर्कसप गर्ने

काठमाण्डौको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा देशका ६ शहरमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप हुने भएको छ । फिल्म निर्माण सम्बन्धी शिक्षा दिने, फिल्म साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वर्कसप गर्न लागिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।

वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछन् । सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र फिल्म निर्माण सम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् ।

काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ । पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै वर्कसप सञ्चालन सिइओ पुरीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha