‘नाईं नभन्नू ल ५’ को शिर्ष गीतमा स्वस्तिमा (भिडियो)

‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । बसन्त पापकोटाको संगीत रहेको नाईं नभन्नू ल गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ । स्वस्तिमा खड्का र अभिषेक नेपाल फिचरिङ भिडियो हेर्नुस् :

झापा र इलाममा छायाँकन गरिएको यो गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । छायाँकन पुरुषोत्तम प्रधानको छ । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

‘नाईं नभन्नू ल ५’ मा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ । प्रोमो रिलिजसँगै फिल्मको प्रचार प्रसार सुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha