आर्यन र साम्राज्ञीको ‘कायरा’ कस्तो होला ?

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला ‘कायरा’ को प्रचारमा व्यस्त छन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा आर्यन जय र साम्राज्ञी कायराको भूमिकामा प्रस्तुत भएका छन् । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

आर्यन र साम्राज्ञीले पहिलो पटक एकसाथ ‘कायरा’ मा स्क्रिन सेयर गरेका हुन् । निर्माता समेत रहेका आर्यनले ‘कायरा’को लागि निकै मिहेनत गरेका बताउँछन् । ‘कायरा मेरो करिअरकै महत्वपूर्ण फिल्म हो’, आर्यन भन्छन्, ‘हामीले सक्दो मिहेनत गरेर फिल्म बनाउँने कोशिस गरेका छौं ।’ फिल्ममा आर्यन म्युजिक लभरको रुपमा देखिएका छन् भने साम्राज्ञी प्रेमिका बनेकी छन् ।

‘कायरा’ लाई लक्ष्मण रिजाल निर्देशन गरेका हुन् । निर्देशक रिजालले पनि यो फिल्मलाई आफ्नो डेव्यु फिल्म सरह भनेका छन् । लक्ष्मणले केही वर्ष पहिला फिल्म ‘धुवाँ यो नशा’ बनाएका थिए, जसमा लिड रोलमा आर्यन थिए ।

‘कायरा’को सम्पूर्ण जसो छायाँकन फिलिपिन्समा गरिएको छ । म्युजिकल लभ स्टोरी जनराको फिल्मको केही दिनमा अर्को गीत सार्वजनिक हुँदैछ । आयर्न र साम्राज्ञीको ‘कायरा’ कस्तो होला त ? साउन १८ सम्म प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha