दीपिकाले जितिन् मिस सुनारको ताज

दोस्रो संस्करणको मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दीपिका सुनारले जितेकी छन् । शनिबार पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालीमा दश जना प्रतिष्पर्धालाई पछि पार्दै दीपिकाले मिस सुनारको उपाधि जितेकी हुन् । फाइनलमा ११ जना प्रतियोगी थिए ।

भिजुअल जोन प्रा.लि.ले आयोजना गरेको प्रतियोगीतामा पर्वत कुष्माकी आहना सुनार फस्ट रर्नसअप र तनहुँकी उर्मिला सुनार सकेन्ड रनरअप भइन् । यस्तै मस्ट ट्यालेन्ट पोखराकी अस्मिता सुनार, मस्ट कन्फिडेन्ट आहना सुनार, बेस्ट फिगर तथा स्किन साधना सुनार, मस्ट डिसिपिलन तथा मस्ट स्टाइलिस बुटबलकी अस्मिता सुनार, मस्ट पपुलर तथा पंच्युल दिपिका सुनार, वेष्ट हेयर पार्वती सुनार, मस्ट व्युटिफुल तथा मस्ट फे्रन्डली प्रियकां सुनार, वेस्ट वाल्क सविना सुनार, वेष्ट स्माइल अनिता सुनार, मस्ट चार्मिङ भुमिका सुनार र भिवर च्वाइसको पुरस्कार उर्मिला सुनारले जितिन् ।

मिस सुनार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो । कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रमले प्रतियोगीमा भएको प्रतिभाको विकास हुन मद्दत पुग्ने बताए । प्रतियोगीताको मुख्य निर्णायकमा गायक तथा संगीतकार काली प्रसाद बाँस्कोटा रहेका थिए ।

प्रतियोगीतामा १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीले सहभागीता जनाएको भिजुअल जोनका प्रबन्ध निर्देशक सञ्जु सुनारले बताए । एक महिनाको तालिमको साथमा फोटोसुट, भ्रमण, ट्यालेन्ट सो लगायत मार्फत उनीहरुमा निखारता प्रदान गरि फिनालीमा उतारिएको सुनारको भनाइ छ । कार्यक्रमको थप आर्कषण गीत तथा नृत्य प्रस्तुती समेत रहेको कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha