सृष्टि श्रेष्ठ बन्लिन् अपवाद ?, पर्खाइमा ‘रोमियो एण्ड मुना’

सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले अनमोल केसीको जोडी भएर ‘गाजलु’ फिल्म खेलिन् । ‘गाजलु’ चल्यो । सृष्टिको अभिनयको पनि तारिफ भयो । नव नायिकाका रुपमा त्यो वर्ष आयोजना भएका सबै जसो अवार्डमा सृष्टिको वर्चश्व रह्यो।

दुई वर्ष पछि सृष्टि पुनः ठुलो पर्दामा फर्किएकी छन्, फिल्म ‘रोमियो एण्ड मुना’ मार्फत । यो फिल्ममा सृष्टि मुना र नायक विनय श्रेष्ठ रोमियो बनेका छन् । नरेश कुमार केसीले निर्माण गरेको फिल्म कस्तो होला त ? यही शुक्रबार, साउन ११ गतेदेखि फिल्म लाग्दैछ । पक्का पनि प्रतिक्षा भैरहेको छ ।

मिस नेपालका लागि नेपाली फिल्म क्षेत्र त्यति फलिफाप भैरहेको छैन । धेरै जसो मिस नेपालले त फिचर फिल्ममा डेव्यु नै गरेका छैनन् । डेव्य मिस नेपालले पनि फिल्ममा जादु देखाउन नसकिरहेको तितो यर्थाथ छ । कोही अभिनय त कोही फिल्मको व्यापारिक हिसाबले असफल सावित भएका छन् ।

सौन्दर्य र अभिनय दुवै अब्बल मानिएकी मिस नेपाल (सन् १९९७) झरना बज्रचार्यले पनि फिल्म क्षेत्रलाई लिड गर्न असमर्थ भइन् । आमा भएपछि पनि आफ्नो क्षेत्रमा सक्रिय माल्भिका सुब्बाले खेलेको फिल्म ‘गुड बाई काठमाण्डू’ निर्माण भएको लामो समय भैसक्दा पनि सार्वजनिक प्रदर्शन भएको छैन । त्यसैले पनि होला माल्भिकाले फिल्म खेल्न त्यति रुची देखाएको देखिंदैन ।

मिस नेपाल मलिना जोशीले करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर मलिना अभिनित कुनै पनि फिल्म व्यापारिक सफल भएनन् । यसैले मलिना यतिबेला पर्ख र हेरको अवस्थामा छिन् । गत सालकी मिस नेपाल निकिता चन्दकले अभिनय गरेको फिल्म ‘रानी महल’को छायाँकन नै रोकिएको छ । यस वर्षकी मिस नेपाल श्रृङखला खतिवडाले फिल्ममा पाइला राख्लिन् या नराख्लिन् ? केही वर्ष पर्खनु पर्नेछ । सृष्टि र विनयसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

पहिलो फिल्मबाट वाही वाही कमाएकी सृष्टिको फिल्मी करिअर चाहिं कस्तो होला त ? शिर्ष भूमिका निभाएको ‘रोमियो एण्ड मुना’ले सृष्टिको अगामी फिल्मी करिअर पक्कै पनि तय गर्नेछ । दोश्रो फिल्मबाट सफलता पाएर सृष्टि असफल मिस नेपालमाझ अपवाद बन्लिन् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha