स्वस्तिमाको बढ्दो व्यस्तता, कत्तिको लाग्ला लक ?

नायिका स्वस्तिमा खड्का यो वर्ष व्यस्त बनेकी छन् । प्रदर्शन र छायाँकनका हिसाबले स्वस्तिमाको हातमा करिब आधा दर्जन छन् । फिल्मसँगै देश तथा विदेशका कार्यक्रममा पनि स्वस्तिमाको व्यस्तता बढ्दो छ । कार्यक्रमकै सिलसिलामा स्वस्तिमा बुधबार मात्रै अष्ट्रेलिया उडेकी छन् ।

फिल्मको हिसाबले स्वस्तिमा अभिनित फिल्म ‘नाईं नभन्नू ल ५’ भदौ ८ गते प्रदर्शनमा आउँदैछ । प्रोमो र गीत रिलिज गरिएको विकास आचार्य निर्देशित फिल्मको प्रचार प्रारम्भ भैसकेको छ । मल्टिस्टारर फिल्ममा स्वस्तिमा कति नोटिस हुन्छिन् ? त्यो भने ‘नाईं नभन्नू ल ५’ रिलिज पछि नै थाहा हुनेछ ।

दशैंमा स्वस्तिमा अभिनित दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ प्रदर्शन हुने चर्चा छ । तर ‘छक्का पञ्जा ३’ मा स्वस्तिमाको एउटा मात्रै गीत छ भने ‘जय भोले’ मा उनी सोलो हिरोइनको रुपमा प्रस्तुत भएकी छन् । स्वस्तिमाको लागि ‘जय भोले’ चलिदिनु पर्नेछ । स्वस्तिमा र बुलबुल का नायक उज्वल अधिकारीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

महिला टेम्पो चालकको कथामा बनेको फिल्म ‘बुलबुल’मा स्वस्तिमा मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । यही महिना ‘बुलबुल’को छायाँकन सुरु हुनेछ । यी सँगै स्वस्तिमा अन्य फिल्ममा पनि अनुबन्धित हुने चर्चा छ भने ‘दुई रुपैयाँ’ टिमले निर्माण गर्ने ‘डामाडोल’मा पनि स्वस्तिमा एउटा गीतमा हुनेछिन् ।

सरसर्ती हेर्दा स्वस्तिमा यो वर्ष निकै व्यस्त देखिएकी छन् । डेव्यु फिल्म ‘होस्टेल रिटन्र्स’ सहित ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा २’ गरी तीन फिल्म मात्रै सार्वजनिक भएका छन् । थोरै फिल्म रिलिज भएर पनि व्यस्त भएकी स्वस्तिमालाई यो वर्ष चाहिं कत्तिको लाग्ला त लक ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha