‘सुश्री सम्पत्ती’को ‘हुकुम बक्सियोस्’ सार्वजनिक

फिल्म ‘सुश्री सम्पत्ती’ मा समावेश ‘हुकुम बक्सियोस्’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको संगीत रहेको गीतमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने प्रस्तुत छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

‘हुकुम बक्सियोस्’ गीतमा मेलिना राई र विशाल राईले स्वर दिएका छन् । एरेञ्ज राजन इशानले गरेका छन् । गीतमा सलोन, सारा र विनोदलाई रोयल लुक्स देख्न सकिन्छ । सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित फिल्ममा नायिका प्रियंका कार्कीको अतिथि भूमिका छ ।

फिल्म सुश्री सम्पत्ती लाई रमेश त्वयाना, विज्ञान राई, नुनाम सब्बा र रमन शिखरले संयुक्त रुपमा लगानी गरेका छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

गीत रिलिज गर्न आयोजना गरिएको प्रेसमिटमा फिल्मको प्रदर्शन मिति भने तय गर्न बाँकी रहेको निर्देशक आचार्यले खुलाए । सुरुमा फिल्मलाई भदौ २२ लाई प्रदर्शन मिति तोकिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha