साउन ६ गतेदेखि रिलिजको मैदानमा ‘मेरी कुसुम’

यूएइका विभिन्न शहरमा प्रदर्शन पश्चात फिल्म ‘मेरी कुसुम’ अब नेपालका विभिन्न हलमा रिलिज हुने भएको छ । हर्षिका श्रेष्ठ र मोहन बोगटीको मुख्य भूमिका रहेको यो फिल्म साउन ६ गतेबाट रिलिज हुँदैछ ।

एनआरएन घिमिरेले निर्देशन गरेको फिल्म मेरी कुसुम को विभिन्न देशमा शो भैसकेको छ । निर्माता समेत रहेका मोहनले भनेका छन् ‘दुबई, अवुधाबी लगायतका राज्यमा फिल्म हेरेपछि दर्शकले उत्कृष्ट भन्नु भएको छ । हामीले, यूएइबाट नै लगानीको केही प्रतिशत रकम सुरक्षित गरिसकेका छौ । अब, नेपालबाट लगानी सुरक्षित हुनेमा ढुक्क छौ ।’ सुनिता शर्मा बोगटी र रविन्द्र कुँवरले मिलेर यो फिल्मको निर्माण गरेका हुन् । मेरी कुसुम लभस्टोरी तथा सांगीतिक कथामा बनेको फिल्म हो ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha