शोभित जान्ने हुँदा फ्लप भए सलोन !

निर्देशक तथा निर्माता शोभित बस्नेतले आफ्नै कारणले गर्दा फिल्म ‘बाबु कान्छा’ फ्लप भएको स्विकार गरेका छन् । आफैं जान्ने भएर सलोनलाई रुवाउन खोज्दा ‘बाबु कान्छा’ असफल भएको शोभितले बताए ।

बुधबार आयोजित सलोन अभिनित फिल्म सुश्री सम्पत्तीको गीत रिलिज कार्यक्रममा शोभितले भने, ‘सलोनलाई हँसानु पर्ने रैछ । म जान्ने भएर रुवाउनु खोजेछु ।’ उनले सलोनले हँसाएका फिल्महरु ‘होस्टेल’, ‘गाजलु’ र ‘ए मेरो हजुर २’ हिट भएको भन्दै ‘एउटा साथी’, ‘आधा पेज’ र ‘बाबु कान्छा’ जस्ता फिल्महरुमा सलोन सिरियस भएकै कारण चट् भएको बताए । ‘सलोन राम्रो कलाकार हो । दर्शकले कमेडीमा मन पराउने रहेछन्’, शोभितले भने, ‘म बढी जान्ने भएर सिरियस बनाएछु ।’ सलोन र उनकी प्रेमिका करिश्मा श्रेष्ठसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ती’ मा भने सलोनको भयंकर कमेडी भएकाले फिल्म हिट हुने शोभितले दाबी गरे । ‘जसलाई जे मन पर्छ त्यसलाई त्यही बाटो छोडिदिनु पर्ने रहेछ’, शोभितले भने । ‘सुश्री सम्पत्ती’ को गीत हेर्नुस :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha