आर्यन र साम्राज्ञीको ‘यो त माया हो’ (भिडियो)

फिल्म ‘कायरा’ को दोश्रो रोमान्टिक गीत रिलिज गरिएको छ । फिल्म हलमा आउँदा झण्डै एक साता बाँकी हुँदा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘कायरा’ को यो सुन्दर गीत हेर्नुस् :

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘कायरा’ लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । सार्वजनिक ‘यो त माया हो’ गीतमा कल्याण सिंहको संगीत छ । शब्द नरेश भट्टराईले लेखेका हुन् भने स्वर सुगम पोखरेल र श्रेया सोतांगले दिएका छन् ।

‘कायरा’ म्युजिकल लभ स्टोरी फिल्म हो । जहाँ आर्यन र साम्राज्ञी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म यही साउन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । कायरा टिम यतिबेला प्रचार प्रसारमा व्यस्त छ । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha