‘रामकहानी’ प्रचारमा अपनाइयो यस्तो शैली !

निर्देशक सुदर्शन थापाले भदौ २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’ प्रचारको नयाँ फर्मुला अपनाएका छन् । निर्माता समेत रहेका थापाले सुन्दा सामान्य तर रमाइलो प्रचारको फर्मुला अपनाएका हुन् ।

राजधानीका केही रेष्टुरेन्ट र होटलमा प्रयोग हुने वाइफाइको युजर नेम र पासवर्ड नै थापाले ‘रामकहानी’ राख्न लगाएका छन् । काठमाण्डूका एक दर्जन बढी रेष्टुरेन्ट, होटल तथा क्याफेका वाइफाइमा रामकहानी नामका युजर नेम र पासवर्ड रहेको निर्देशक तथा निर्माता थापाको भनाई छ । हरेक समय इन्टरटेनमा समय बिताउने दर्शकका लागि यो अभियान प्रभावकारी हुने उनको विश्वास छ । उसो त पछिल्लो समय फिल्म प्रचारमा विभिन्न शैली अपनाउन थालिएको छ । यही शैलीहरु मध्ये ‘रामकहानी’ टिमले नयाँ शैली अपनाएको हो ।

भदौ २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’ मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । एउटा गीत सार्वजनिक गरिएको फिल्मको यही महिना प्रोमो सार्वजनिक हुनेछ । पूजा र आकाशसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha