कुन हेर्ने ‘रोमियो एण्ड मुना’ कि ‘चिमुसी चि’ ?

यो शुक्रबार तीन नेपाल फिल्महरु प्रदर्शनमा आएका छन् । रोमिया एण्ड मुना र चिमुसी चि प्रचार सहित प्रदर्शनमा आएका हुन् भने सुकुलगुण्डा सुटुक्क हलमा आएको हो । साउन ११ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्महरु मध्ये रोमियो एण्ड मुना र चिमुसी चि बारे छोटो चर्चा गरौं ।

‘रोमियो एण्ड मुना’
फिल्म ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । जहाँ नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठले शिर्ष भूमिका निभाएका छन् । निर्देशक केसीकै पटकथा एंव संवाद रहेको फिल्ममा रोमियो र मुनाबिचको द्धन्द्ध र प्रेमलाई महसुश गर्ने सकिनेछ । फिल्म निर्माणमा प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् । विनय र सृष्टि श्रेष्ठसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘चिमुसी चि’
दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘चिमुसी चि’ मा नव कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको मुख्य भूमिका छ । साथमा सुशान्त कार्की, कमली वाइबा, सशांक बस्याल, शेखर सुवेदी र शिवराम कार्की लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन् । फिल्ममा शिवराम कार्की कार्यकारी निर्माता, अरुण गुरुंग, महेश्वर खत्री, सुवास भुर्तेल, डव बहादुर गुरुंग निर्माताको रुपमा छन् । फिल्मको कथा एंव पटकथा लेखेका निर्देशक श्रेष्ठले चिमुसी चि को कथा भने सस्पेन्स राखेका छन् । फिल्मको यो गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha