आज गुरु पूर्णिमा, कस्का गुरु को ?

आज गुरु पूर्णिमा । जीवनमा सही बाटो देखाउने र सदबुद्धी दिने व्यत्तिलाई सम्झिने या पूज्ने दिन । नेपाली फिल्म क्षेत्रमा चाहिं कस्का गुरु को हुन् त ? कसले कसलाई गुरु मानेर पूज्ने गरेका छन ?

‘दर्पण छायाँ’ अभिनेत्री निरुता सिंहले निर्देशक तुलसी घिमिरेलाई आफ्नो गुरु मान्दछिन् । उनले निर्देशक घिमिरेसँगका तस्बिर आफ्नो फेसबुकमा सेयर गरेकी छन् । तुलसीको निर्देशनमा निरुताले धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।  यस्तै नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा निर्देशक नरेश पौडेल र निर्माता छविराज ओझालाई आफ्नो गुरु मान्छिन् । नरेशको निर्देशनमा छविराजले निर्माण गरेको फिल्म ‘हिरो’बाट रेखाले रजतपटमा डेव्यु गरेकी थिइन् ।

निर्माता तथा अभिनेता दीपकराज गिरीका गुरु निर्देशक दिनेश डिसी हुन् । डिसीसँगको फोटो राखेर दीपकले बिहानै आफ्नो गुरुलाई सम्झिएका छन् । दिनेश डिसीका गुरु भने हाँस्य व्यांग्य कलाकार सन्तोष पन्त हुन् । अभिनेता सौगात मल्लका गुरु वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल हुन् । पोखरेललाई सौगात मल्ल र दयाहांग राई लगायत धेरै गुरुकुलका कलाकारले गुरु मान्दछन् ।

नायिका पूजा शर्माले निर्देशक सुदर्शन थापालाई आफ्नो गुरु मानेकी छन् । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘मधुमास’ बाट पूजाले आफ्नो करिअर सुरु गरेकी थिइन् । त्यसपछि उनले थापाकै निर्देशनमा ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’ र ‘रामकहानी’ खेलिन् ।

बाल कलाकार अनुभव रेग्मीका गुरु निर्माता तथा निर्देशक विका आचार्य हुन् । विकास र अनुभवले ‘रिदम’ देखि ‘नाईं नभन्नू ल ५’ सम्म सहकार्य गरिरहेका छन् । सबै गुरुप्रति नमन !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha