भुवन केसीसँग के चाहन्छिन् सुस्मिता केसी, किन लेख्छिन् पटक पटक यस्तो स्टाटस ?

अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसी बम्जन बिच बैवाहिक सम्बन्धमा पूर्णविराम लागेको लामै समय भैसक्यो । भुवन जिया केसीसँग लिभिङ टुगेदरमा छन् भने सुस्मिता पनि आफ्नै पारामा छन् । तरपनि भुवन र सुस्मिताको नाम बारम्बार जोडिइरहन्छ । दुई बिचको सम्बन्धलाई बाहिर ल्याउन भुवन भन्दा सुस्मिता अगाडी देखिएकी छिन् । यसमा सामाजिक सञ्जाल फेसबुक सजिलो बनिदिएको छ ।


सुस्मिताले एक साता अगाडी मात्रै पुर्व पति केसीलाई तथानाम गाली गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेकी थिइन् । यिनै सुस्मिता जसले सोमबार राती मात्रै भुवनको सर्पोटमा अर्को स्टाटस फेसबुकमा पोस्ट गरेकी छिन् । नायिका पूजा शर्माले ‘भुवन र अनमोल भाग्यले चम्केको’ भनेर दिएको अन्र्तवार्ताको लिङ्क पोस्ट गर्दै सुस्मिताले भुवनको गुनगान गाएकी छिन् भने पूजालाई ‘चल्ला’ को संज्ञा दिदैं आक्रोश व्यक्त गरेकी छिन् ।


पुर्व भैसकेका पतिको बारेमा फेसबुकमा पटक पटक स्टाटस लेखेर सुस्मिता के प्रमाणित गर्न चाहान्छिन् ? भुवन केसीलाई उनी माया गर्छिन् या घृणा ? छानो छुट्टिएका पतिलाई माया र घृणा गर्नुको के अर्थ ? यसरी सामाजिक सञ्जालमा कोलाहाल गर्दा स्टार पुत्र अनमोल केसीलाई असर पुर्याउँछ भन्ने कुरामा सुस्मिता किन सचेत छैनन् ? सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्नु पुर्व दुई पटक सोच्ने कि सुस्मिता जी ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha