‘मेरी मामु’को ‘आमा’ गीत रिलिज (भिडियो)

बाल मनोविज्ञानमा आधारित फिल्म ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक गरिएको छ । कल्याण सिंहको संगीत रहेको गीत आमा बोलको गीतमा रोहित जोन क्षेत्रीले स्वर दिएका छन् । निर्माता सन्तोष सेनका छोरा आयुव सेन, नायक शारुक ताम्रकार र कुसुम गुरुङ फिचरिङ भिडियो हेर्नुस् :

याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकारको अभिनय छ ।

फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले ‘मेरी मामु’ भदौ १५ गते आउने घोषणा गरेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्ममा कार्यकारी निर्माताको रुपमा रमेशजंग शाह छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha