‘झमकबहादुर’ को ‘मृग नयनी आँखा’ आयो (भिडियो)

यही साउन १८ गते देखि प्रर्दशनमा आउने फिल्म ‘झमकबहादुर’ को ’मृग नयनी तिम्रो आखाँमा’ बोलको गित सार्वजनिक गरिएको छ । यस गितमा कलाकारहरु मिन कुमार तामाङ र सुजाता थापा फिचरिङ छन् । भिडियो हेर्नुस् :

फिल्मको यो गीतमा मेलिना राई र ओम सुनार को स्वर रहेको छ भने शब्द तीर्थ दामली टुप्पीले लेखेका हुन् । जिवन थापाको नृत्य निर्देशन रहेको यस गितको छायाँकन चितवन, पोखरा र काठमाण्डौ लगायतका ठाँउमा गरिएको छ । ओम सुनारको संगीत रहेको फिल्ममा अनुप बिक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजन को मुख्य भूमिका छ। यस्तै फिल्ममा पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन र राजु किराँत राईको द्धन्द्ध निर्देशन छन् ।

‘झमकबहादुर’का निर्माता मिन कुमार तामाङ हुन् भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन । यो फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha