‘रोमियो एण्ड मुना’ रुचाइयो (भिडियो सहित)

गत शुत्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रोमियो एण्ड मुना’ लाई दर्शकले रुचाएका छन् । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो लभ स्टोरी फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । भिडियो हेर्नुस् :

शनिबार साँझ सुन्धरास्थित सिभिल मलबाट फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले ‘रोमियो एण्ड मुना’ मन परेको प्रतिक्रिया दिए । केहीले फिल्मले रुवाएको समेत बताए । फिल्ममा मुना बनेकी सृष्टि श्रेष्ठको अभिनयलाई प्रशंसा गरे भने रोमियो बनेको विनयको काम तारिफ गरे ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमिया एण्ड मुनामा विनय र सृष्टिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ । फिल्मलाई प्रशन्न गोपालीको समुहले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha