आर्यन र साम्राज्ञी पोखरा पुगे, ‘कायरा’ बारे यसो भने

‘कायरा’ कप्पल आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह शनिबार फिल्म प्रचारका लागि पोखरा पुगे । प्रेसमिट अगाडी आर्यन र साम्राज्ञी त्यहाँ आयोजना भएको बाइक र्यालीम समेत सहभागी भए ।

प्रेसमिटमा निर्माता समेत रहेका नायक सिग्देलले फिल्म ‘कायरा’ लभस्टोरी रहेको बताए । ;कायरामा दर्शकले भरपुर मनोरञ्जन पाउनु हुनेछ’, आर्यनले भने, ‘यदि तपाईलाई प्रेमकथा मनपर्छ भने ‘कायरा’ ले मन छुन सक्छ ।’ यता पहिलो पटक आर्यनसँग स्क्रिन सेयर गरेकी साम्राज्ञीले आर्यनसँग काम गर्न पाउँदा रमाइलो महशुस भएको बताइन् । ’फिल्मको स्क्रिप्ट सुन्दा नै मेरो गहभरी भएको थियो । फिल्म स्क्रिप्ट अनुसार नै बनेको छ’, साम्राज्ञीले भनिन् ।

यस्तै, निर्देशक लक्ष्मण रिजालले एकपटक हलमा गएर फिल्म हेरिदिन आग्रह गरे । फिल्म निर्माणमा निर्देशक रिजालले र आर्यनले सहकार्य गरेका छन् । निर्देशक रिजाल आफ्नै कथा रहेको फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरु पनि अभिनय छ । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha