‘मिस्टर भर्जिन’ प्रोमो, तिर्खाएका तीन युवा

फिल्म ‘मिस्टर भर्जिन’ को प्रोमो सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको आइतबार प्रेसमिट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :

विसारत बस्नेत निर्देशित फिल्म ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, भोलाराज सापकोटा, कमलमणी नेपाल, रविन्द्र झा, नायिका मरिस्का पोखरेल र सृजना सुब्बाको मुख्य भूमिका छ । प्रोमो द्धिअर्थी संवाद भरपुर पाइन्छ ।फिल्मलाई खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी र विशारत बस्नेत मिलेर बनाएका हुन् । सह निर्माताको रुपमा सुदिप उप्रेती, टिका बहादुर पुलामी मगर, हेम प्रसाद दवाडी छन् ।

फिल्मको लेखन र स्क्रिनप्ले निर्देशक बस्नेत, अजय पन्त, हिरा लामा, सन्तोष बोहोरा, कपिल खड्का, स्नेहा पौडेल र महेश दवाडी मिलेर लेखेका छन् । संवाद महेश दवाडीको छ । छायाँकन रामेश्वर कार्कीले गरेका हुन् ।

यस्तै ‘मिस्टर भर्जिन’ टिमले प्रोमोको प्यारोडी प्रतिस्पर्धा पनि घोषणा गरेको छ । सर्वाधिक भ्युज पाउने उत्कृष्ट प्यारोडी ट्रेलरलाई ५०,२५ र १० हजार पुरस्कार राशी दिइने निर्देशक बस्नेतले प्रेसमिटमा घोषणा गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha