‘जय शम्भु’ प्रोमो : बर्षाका लागि अनुप र प्रशान्त भिडे !

फिल्म ‘जय शम्भु’ को ट्रेलर रिलिज गरिएको छ । प्रोमोबाट फिल्म एक्सन प्रदान रहेको बुझ्न सकिन्छ । प्रोमोमा अनुप विक्रम शाही र प्रशान्त ताम्रकारबिच घमासन द्धन्द्ध छ । अनुप र प्रशान्तको बिचमा नायिका बर्षा सिवाकोटी परेको देखिन्छ । प्रोमो हेर्नुस् :

रुपेश तामांग निर्देशित फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति भदौ १ गतेलाई तोकिएको छ । शिक्षा काफ्लेको कथा रहेको फिल्ममा चक्र तामांग कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता अरन्द्रिमान शाक्य हुन् ।

सह निर्मातामा शिक्षा र कुशल शर्मा छन् । फिल्ममा अनुप, प्रशान्त र बर्षासँगै रोशन मर्हजन, करुणा, पाण्डेको अभिनय छ । संगीत टंक बुढाथोकीले दिएका छन् । फिल्मको द्धन्द्ध निर्देशन श्री श्रेष्ठ र कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha