‘रोमियो एण्ड मुना’को विशेष शो, सबैलाई मन पर्यो

फिल्म ‘रोमियो एण्ड मुना’को विशेष शो गरिएको छ । आइतबार हात्तिसारस्थित जय नेपाल हलमा भएको विशेष शोमा सहभागी अधिकाशंले फिल्मको प्रशंसा गरे ।

नायिका केकी अधिकारीले ‘रोमियो एण्ड मुना’को मुत्तकंण्ठले प्रशंसा गरिन् । ‘रोमिया एण्ड मुना जस्ता नेपाली फिल्म विरलै बन्दछन् । फिल्म हेरिरहंदा मेरा आँखा रसाए’ कोहलपुर एक्सप्रेस निर्मात्री अधिकारीले भनिन्, ‘सबैलाई एकपटक यो फिल्म हेर्न अनुरोध गर्दछु । फिल्ममा बिम्बहरु राम्रोसँग प्रयोग गरिएको छ ।’

नायिका रिमा विश्वकर्मालाई पनि ‘रोमियो एण्ड मुना’ निकै मन परेछ । ‘फिल्म एकदमै मन पर्यो । रोमियो एण्ड मुना हेरेपछि खुसी भएर फर्किए’, रिमाले भनिन्, ‘यो सरल र सुन्दर लभ स्टोरी फिल्म हो । सबैलाई हेर्न अनुरोध गर्दछु।’

उनले मुना अर्थात् नायिका सृष्टि श्रेष्ठको खुलेर प्रशंसा गरिन् । निर्देशक हेमराज विसीले फिल्मको स्क्रिनप्ले र कलाकारको प्रशंसा गरे । नायकद्वाय गौरव पहारी र नाजिर हुसेनले सृष्टिको अभिनयको तारिफ गरे ।

रोमियो एण्ड मुनाको विशेष शोमा निर्माता तथा निर्देशक दिपाश्री निरौला, निर्देशक सविर श्रेष्ठ, वरिष्ठ कलाकार लक्ष्मी गिरी, नायिका संचिता लुईंटेल, मिरुना मगर, नायक आर्यन अधिकारी लगायत सहभागी थिए ।

म्युजिकल लभ स्टोरी फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठले शिर्ष भूमिका निभाएका छन् भने निर्माण प्रशन्न गोपालीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha