अर्जुन पोखरेलका पाँच गीत करोड क्लवमा

संगीतकार तथा गीतकार अर्जुन पोखरेलका पाँच गीत करोड क्लवमा प्रवेश गरेका छन् । अहिलेका व्यस्त संगीतकार पोखरेलको तीन फिल्मका पाँच गीतले एक करोड भन्दा बढी भ्युज पाएका हुन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ मा समावेश ‘भन्छु आज’लाई एक करोड पचास लाख बढीले हेरेका छन् । निर्देशक सुदर्शन थापाको शब्द रहेको यस गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । भिडियो :

‘म यस्तो गीत गाउँछु’कै ‘किन आजकल’ गीतलाई एक करोड २६ लाख बढीले हेरेका छन् । अम्बिका शर्माको शब्द रहेको यस गीतमा संगीतकार पोखरेल आफनै स्वर छ । ‘म यस्तो गीत गाउँछु’मा पल शाह र पूजा शर्मा मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । भिडियो :

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको फिल्म ‘प्रेम गीत’को शिर्ष गीत हालै मात्र करोड क्लबमा प्रवेश गरेको हो । जसमा अञ्जु र सुगमकै स्वर छ । भिडियोमा नायक प्रदीप खड्का र नायिका पूजा प्रस्तुत छन् । भिडियो :

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’कै अर्को गीत ‘मैंले सोचेको जस्तै’ गीत पनि एक करोड क्लवमा समावेश छ । डा.कष्णहरी बरालको शब्द रहेको गीतमा सन्तोष लामा र श्वेच्छा ठकुरीले स्वर दिएका छन् । भिडियोमा प्रदीप र पूजा प्रस्तुत छन् । भिडियो :

अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको फिल्म ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल’लाई झण्डै दुई करोड पटक हेरिएको छ । गीतमा स्वर अञ्जु र सुगमले नै दिएका छन् । भिडियोमा अभिनेता रमेश उप्रेती र नायिका दीपिका प्रसाईं प्रस्तुत छन् । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha