यस्तो बन्यो ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ गीत

Iयस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्वरमा’ बोलको गीतमा झण्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

निकै नै आकर्षक भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामांग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् ।

दीपक शर्माको संगीत रहेको लोक लयको गीतमाा डेविड शंकर र बिन्दु परियारको स्वर छ । गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । एरेञ्ज उदयराज पौडेलको हो । गीतको छायाँकन पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले गरेका हुन् ।

यसअघि दीपक र दिपाश्रीको समुहले बनाएको ‘वडा नं ६’ को ‘सुर्के थैली’ र ‘छक्का पञ्जा’को ‘पुर्व पश्चिम रेल’ सर्वाधिक हिट गीत हुन् । ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्वरमा’ ले चाहिं कस्तो गर्ला त ? प्रतिक्षा गरौं । फिल्म दशैंमा लाग्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha