दिपाको डान्स रेखालाई लाग्यो बबाल

‘छक्का पञ्जा ३’ को गीत हेरेपछि बैनी रेखा थापाले दिदी दिपाश्री निरौलाको तारिफ गरेकी छन् । मंगलबार बिहान ‘पहिलो नम्वरमा’ गीतको भिडियोलाई आफ्नो फेसबुकमा सेयर गर्दै रेखाले दिपाको नृत्यको प्रशंसा गरेकी हुन् ।

‘मेरो दिदी यु रक्स’, रेखाले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘एक्प्रेसन एण्ड डान्स बबाल । छक्का पञ्जा ४ मा पुरै फिल्म हेर्ने है तिमीलाई । लभ यू दिदु ।’ रेखाले दीपकराज गिरीलाई भने भने दीपक भिनाजु भन्दै लभको साइन दिएकी छन् । रेखाको यस प्रकारको प्रशंसाले दिपा पनि मख्ख छिन् । ‘थ्यांक्यु रेखु लाला’, दिपा लेख्छिन् । कुनै बेला आपसमा बोलचाल समेत नगर्ने रेखा र दीपाको यस प्रकारको आत्मियता साँच्चै आश्चर्य लाग्दो छ । रेखा र दीपासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

सोमबार २ : ३५ बजे सार्वजनिक गरिएको ‘छक्का पञ्जा ३’ को गीतलाई मंगलबार बिहानसम्म साढे ६ लाख बढीले हेरेका छन् । गीतमा दिपासँगै, दीपकराज, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बर्षा सिवाकोटी, बुद्धि तामांग, स्वस्तिमा खड्का, दीपिका प्रसाईं, संजोग कोइराला, सुमन गिरी भान्जाको नृत्य छ । गीत :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha