धिरज र साम्राज्ञीको गीतलाई दश लाख, दंग रेनशा

फिल्म ‘इन्टु मिन्टु’को गीतले अप्रत्याशित रुपमा भ्युज कमाएको छ । गीतले एक सातामै दश लाख युट्युवमा भ्युज पाएपछि निर्देशक रेनशा वान्तवा राई यतिबेला खुसीले दंग छिन् । रेनशाले भनिन्, ‘खुसीको सिमै छैन’, रेनशाले भनिन् । गीत :

गीतको भ्युज बढेसँगै दर्शकको अपेक्षा पनि ‘इन्टु मिन्टु’ प्रति बढेकोमा भने आफुलाई चुनौती थपिएको रेनशा बताउँछिन् । भन्छिन्, ‘गीतले दर्शकको आशा बढाइदिएको छ । त्यसैले चुनौती थपिएको महसुश गरेको छु’, उनको भनाई छ । तर दर्शकले एउटा राम्रो लभ स्टोरी फिल्म हेर्न पाउँने निर्देशक राई बताउँछिन् । ‘मैंले राम्रो फिल्म बनाउन मिहेनत गरेको छु । दर्शकलाई मन पर्छ भन्ने आशा छ’, रेनशा भन्छिन् ।

अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरको जोडीलाई दर्शकले गीतबाटै रुचाएका छन् । हाल ट्रेन्डिंग नम्वर पाँचमा रहेको गीतको भिडियोमा साम्राज्ञी र धिरजको जोडी लाई ‘क्युट कप्पल’ भन्दै धेरैले कमेन्ट गरेका छन् । ‘इन्टु मिन्टु’ पुरै जसो फिल्म युकेमा खिचिएको हो ।

ओएसटी सहित गरी फिल्ममा पाँच वटा गीत रहेको रेनशाले खुलाइन् । हरेक गीत दर्शकको रोजाइमा पर्ने उनको आशा छ । फिल्म भने असोज ५ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्मलाई आइकोर फिल्मसले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha