केकी र रिमा ‘मेरो डान्स कप’का लागि अमेरिका उडे

अमेरिका चलिरहेको ‘मेरो डान्स कप यूएस २०१८’ झण्डै दर्जन सेलिव्रेटी सहभागी हुने भएका छन् । यसको फाइनल अगस्ट ४ तारिख शनिबार हुनेछ । यही कार्यक्रमका लागि नायिकाद्वाय केकी अधिकारी र रिमा विश्वकर्मा मंगलबार अमेरिका उडेका छन् ।

अमेरिकाको ओहोया स्थित एक्रोनमा हुने फाइनल कार्यक्रममा महानायक राजेश हमाल, गायक रामकृष्ण ढकाल, नायिका नन्दिता केसी, गायिका इन्दिरा जोशी, अभिनेता दिलिप रायमाझी, नायिकाहरु रिमा विश्वकर्मा केकी अधिकारी लगायत सहभागि हुनेछन् ।

‘मेरो भ्वाईस कप यूएस २०१८’ मा अमेरिकाको विभिन्न स्थानका ७० जनाले भाग लिएका थिए । ति मध्येबाट ‘मेरो भ्वाईस कप यूएस २०१८’ को ग्राण्ड फिनालेमा टप ४ प्रतिस्पर्धा हुने आयोजक पक्षले जानकारी दिएको छ । यस्तै २०१६ बाट सुरु भएको ‘मेरो डान्स कप यूएस २०१८’ को फिनाले पन सोहि दिन हुनेछ । यसअघि सन् २०१६ को कार्यक्रममा जर्जिया

एटलान्टाकी पूर्णी गुरुङ प्रथम भएकी थिइन र दोस्रो बर्ष २०१७ मा नर्थ डकोटाकी मनिता सिंजाली प्रथम भएकी थिइन ।
नेपाली भाषी भुटानीहरुले भाषा, कला, संस्कृति र साहित्य जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमआयोजना गरेको आयोजकले जनाएको छ । आयोजकले मेरो डान्स कप र मेरो भ्वाईस कप यूएस कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र साहित्य जगेर्ना गर्नुपर्छ भन्ने ज्ञान हासिल हुने विश्वास लिएको छ ।

अघिल्ला कार्यक्रमहरु भन्दा यो बर्षको कार्यक्रम अझ भव्य बनाउनका लागि आयोजक पक्ष लागि पाएको छ। यसका लागि टिकटको मूल्य ५० डलर र ३० डलर रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha