आर्यन र साम्राज्ञीको ‘कायरा’ ले शो कति पायो ?

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ले राजधानीका मल्टिप्लेक्स हलमा राम्रो शो संख्या पाएको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो फिल्मलाई क्युएफएक्सले आफ्ना हलहरुमा ११ शो उपलब्ध गराएको छ ।

‘कायरा’ ले मल्टिप्लेक्समा शोसँगै देशभर हल संख्या पनि सर्वाधिक पाएको छ । वितरक सुनिल मानन्धरका अनुसार राजधानी तथा मोफसल गरेर ‘कायरा’ले झण्डै ८० वटा हल पाएको छ । उसो त आर्यन र साम्राज्ञीको ‘कायरा’सँग बलियो नेपाली फिल्म जुध्दैछैन् भने बलिउडको फिल्म पनि बहुप्रतिक्षित छैन् । आर्यन र साम्राज्ञीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

म्युजिकल लभ स्टोरी फिल्म ‘कायरा’ लाई लक्ष्मण रिजाल निर्देशन गरेका हुन । फिल्ममा आर्यन र साम्राज्ञीकै मुख्य भूमिका छ । रिलिजका हिसाबले राम्रो अवसर पाएको ‘कायरा’ले हलमा दर्शकलाई पनि आकर्षण गर्ने विश्वास छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha