कतार सहित ‘पंचायत’को विभिन्न देशमा प्रदर्शन

मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा फिल्म ‘पंचायत’ यहि शुक्रबार, साउन १८ गते अगस्ट ३ मा कतारमा शो हुने भएकोा छ । यहाँको प्रदर्शनबाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुसान्त कुमार श्रेष्ठले बताए ।

शुक्रबार ग्रान्ड मलसँगै रहेको एसियन टाउन सिनेमा हलमा साँझ ३ बजे फिल्म देखाउन निर्माता सुसान्त कुमार श्रेष्ठ कतार पुगेका छन् । त्यस्तै अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि फिल्म ‘पंचायत’ को प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शन बाट उठेको केहि रकम सामाजिक कार्यमा लगाउने फिल्मका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिए । अष्ट्रेलियामा ‘पंचायत’ लाई विभुषण जोशी र दिनेश पोखरेलले फिल्म प्रदर्शनको जिम्मा लिएका हुन् ।

फिल्म ‘पंचायत’ चेपाङ बालबालिकाहरुको सहयोगार्थ युएईको विभिन्न शहरमा पनि प्रदर्शनमा आउँदैछ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अल एन, दुबई र अबुधावीमा बिशेष प्रदर्शन हुँदैछ । युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिव तथा संचारकर्मी रमेश क्षितिज बताए । युएईमा फिल्म लिएर अभिनेता सरोज खनाल र फिल्मका निर्माता तथा संचारकर्मी रबि अधिकारी जानेछन् ।

शिवम अधिकारी निर्देशित फिल्म ‘पंचायत’ को नेपालसँगै अमेरिका, जापान लागतका ठाउँमा प्रदर्शन भैसकेको छ । नायिका नीता ढुंगानाले यसै फिल्मबाट प्रशंसा र पुरस्कार पनि पाएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha