मल्टीस्टारर ‘रामकहानी’ को प्रोमो रिलिज

अभिनेत्री पूजा शर्माले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामकहानी’को प्रोमो रिलिज भएको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पहिलो पटक हरर कमेडी पनि समेटिएको छ । पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय रहेको फिल्म कमेडी लभस्टोरी बताइएको थियो ।

हेर्नुहोस् प्रोमो:

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा पूजा र सुदर्शनले निर्माण गरेको फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा संवाद छ । फिल्मको कथा निर्देशक स्वयम्को हो । भदौ २२ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha